शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

गायक राजेशपायल राईसहित ६ जना पक्राउ

दैनिक नेपाल २०८० चैत २२ गते ७:५७

काठमाडौं, २२ चैत । गायक राजेशपायल राईसहित ६ जना पक्राउ परेका छन् ।

गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा पिएर होहल्ला र झैझगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अहिले बानेश्वरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित