शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

एक दृश्यलाई पृथ्वीराजको तीन दिने उपवास

दैनिक नेपाल २०८० चैत २२ गते ७:४५

मुम्बई, २२ चैत । तमाम अभिनेता या अभिनेत्री आफ्नो चरित्रका लागि निकै मेहनत गर्छन् । आफ्नो फिल्मको सानोतिनो दृश्यलाई प्रभावशाली बनाउनका लागि कलाकारहरु ज्यान दिएर लाग्छन् । साउथका एक अभिनेताले पनि हालै रिलिज फिल्मको एक सानो दृश्यका लागि तीन दिन खाना पानी केही खाएनन् । यहाँसम्मकी आफ्नो शरीरको सबै पानी सुकाउनका लागि यी अभिनेताले सुटका लागि भोड्का पिएका थिए ।

यी अभिनेता अरु कोही नभई साउथका सुपरस्टार पृथ्वीराज सकुमारन हुन् । पृथ्वीको हालैमात्र फिल्म ‘आदुजीवितम–द गोट लाइफ’ रिलिज भएको थियो । यो फिल्मले थिएटरमा राम्रो प्रतिक्रिया पाइरहेको छ । फिल्मका लागि उनले ३१ किलो वजन पनि घटाएका छन् ।

फिल्ममा पृथ्वीराजको ट्रान्सफर्मेशनको तारिफ निकै भइरहेको छ । फिल्मको एक न्यूड दृश्यलाई लिएर हैरान गर्ने कुरा सार्वजनिक भएका छ । फिल्मका छायांकार सुनील केएसका अनुसार पृथ्वीराजले दृश्यमा दुब्लो देखिनका लागि तीन दिनसम्म उपवास मात्र बसेनन्, तेस्रो दिन शरीरमा पानी सुकाउनका लागि भोड्काको एक सट नै पिए । उनलाई लोकेसनमा कुर्सीमा बसाएर लगिएको थियो । उनलाई अन्य कलाकारको सहयोगमा कुर्सीबाट उठाएर दृश्य खिचिएको थियो ।

ब्लेसीद्वारा लिखित र निर्देशित यो फिल्मले एक सातामा ४० करोड रुपैंयाँको कलेक्सन गरेको छ । फिल्ममा जिमी जीन लुइस र अमला पाल सहायक भूमिकामा छन् । यो फिल्म १६ वर्षमा तयार भएको हो । यसको संकल्प निर्देशकले पहिलोपटक सन् २००८ मा गरेका थिए । सुकुमारन उक्त वर्षको अन्त्यमा त्यो भूमिका निभाउनका लागि तयार भएका थिए ।

पृथ्वीराज अब बलिउडमा डेब्यू गर्ने तयारीमा छन् । उनी अक्षय कुमार र टाइगर श्राफको प्रतिक्षित फिल्म ‘बडे मियाँ छोटे मियाँ’मा भिलेनको भूमिकामा देखिँदैछन् । एबीपीलाइभ

प्रतिक्रिया
सम्बन्धित