मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : जीवी राई गृहमन्त्रीको सम्पर्कमा, काँग्रेसले संसदीय अराजकता मच्चायो

दैनिक नेपाल २०८० चैत २१ गते २१:४९

काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा सहकारीको रकम हिनामिनामा संलग्न एउटा ‘कोर टिम’ नै रहेको आरोप लगाउनुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री शर्माले कोर टीमले सहकारीको रकम ठगीमा संलग्न रहेको र पार्टी भित्रकै अर्को टोलीले ति गतिविधि ढाकछोप गरेको टिप्पणी पनि गर्नुभयो ।

शर्माले भन्नुभयो, ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई म सम्मान गर्दछु । तर, आज देश र दुनियाँले सुन्नेगरी म के आग्रह गर्दछु भन्दा त्यो पार्टीभित्र एउटा कोर टीम रहेछ । जो सहकारीको रकम ठगीमा संलग्न छ । अर्को एउटा कोर टीम रहेछ जो ढोकामा बसेर त्यस्ता गतिविधिको ढाकछोप गरिरहेको छ ।’

देशभरिका विभिन्न सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना गरी फरार रहेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जितेन्द्रबाबु राई गृहमन्त्री रवि लामिछानेको सम्पर्कमा रहेको दाबी गर्दै शर्माले राई मलेसिया रहेको उल्लेख गर्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित