
काठमाडौं, २१ चैत । कोपा इटालियाअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसले घरेलु मैदानमा जित निकाल्दा फेडरिको चिएसा र डुवान भालोभिकले एक एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
६४ औं मिनेटमा वेस्टन म्याकेनीको पासमा भालोभिकले गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनायो । अब दोस्रो लेग २४ तारिखमा हुने छ ।








प्रतिक्रिया