मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : चौधरी दम्पतीलाई मिलाउन प्रधानमन्त्री सक्रिय, काँग्रेसले गृहमन्त्रीलाई बोल्न नदिने

दैनिक नेपाल २०८० चैत २० गते २१:४६

काठमाडौं, २० चैत । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता र पार्टीका संरक्षकसमेत रहनुभएका उहाँका श्रीमान रेशम चौधरीबीचको विवाद मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय हुनुभएको छ ।

पार्टीको विषयलाई लिएर श्रीमान–श्रीमतीबीचको विवाद चरमोत्कर्षमा पुगेपछि प्रधानमन्त्री आफैँ विवाद मिलाउन सक्रिय हुनुभएको हो ।

यसैबीच उहाँले आज रञ्जिता चौधरी र रेशम चौधरीसँग छुट्टाछुट्टै वार्ता गर्नुभएको छ । उहाँले श्रीमान–श्रीमतीलाई नै बालुवाटारमा बोलाएर अलगअलग छलफल गर्नुभएको हो ।

रेशमले नाउपा पार्टी रञ्जिताले नभइ सरकारले चलाइरहेको आरोप लगाउँदै आउनुभएको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित