
काठमाडौं, २० चैत । राजु गिरीले नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’को निर्माण घोषणा गर्नुभएको छ । २०८१ साउन २० गतेबाट फ्लोरमा जाने फिल्मको सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
जिआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण रहने बताइएको छ । निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेख्नुभएको हो ।
बाबुल गिरीको संगीत रहने फिल्मलाई आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण गर्दैहुनुहुन्छ ।
निर्देशक गिरी निर्देशित दुई फिल्म ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन् । ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ, भने ‘नम्बरी सुन’को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन् ।















प्रतिक्रिया