
काठमाडौं, २० चैत । नेपालले फ्रेन्डसिप कपअन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।
गुजरातको भापीमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ः४५ बजेदेखि सुरु हुँदैछ ।
नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको थियो ।
त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ ।
नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ ।
त्यस्तै शीर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।








प्रतिक्रिया