बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

लगातार तेस्रो खेलमा हार्‍यो मुम्बई इन्डियन्स

दैनिक नेपाल २०८० चैत २० गते ७:४४

काठमाडौं, २० चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ ।

गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन मात्र बनाएको थियो ।

यो सिजनमा मुम्बई इन्डियन्सको लगातार तेस्रो हार हो ।

त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ६ अंक हासिल गरेको राजस्थान अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित