बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

दिनभरका TOP 15 NEWS : पार्टीले बनायो श्रीमान–श्रीमतीलाई दुष्मन, रेशमले दिए हत्या गर्ने धम्की

दैनिक नेपाल २०८० चैत १९ गते २२:२३

काठमाडौं, १९ चैत । भनिन्छ नि, राजनीतिले आफ्नै घरकालाई पनि शत्रु बनाउँछ भनेर । यही चरितार्थ भएको छ रेशम चौधरी र रञ्जिता चौधरीको जीवनमा ।

अहिले श्रीमान–श्रीमती शत्रु जस्तै बनिसकेका छन् । श्रीमती पक्षले पाए श्रीमान पक्षलाई कुट्छ र श्रीमान पक्षले पाए श्रीमती पक्षलाई कुट्छ । अहिले नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको हो ।

यसैबीच पार्टी बैठकमा पार्टी अध्यक्ष श्रीमती रञ्जिता चौधरी पक्षधरका नेताहरूलाई श्रीमान रेशम चौधरी पक्षधरले कुटपिट गरेका छन् । अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबीच कुटाकुट भएको हो ।

विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको हो। उहाँहरू दुवैजना रन्जिता पक्षका हुनुहुन्छ । उहाँहरूबीच कुटाकुट भएको वरपर घरकाले पनि देखेका थिए ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित