
काठमाडौं, १९ चैत । नेपाल ‘ए’ ले तेस्रो टी-२० खेलको अन्तिम खेलमा आयरल्यान्ड ए लाई ३ रनले पराजित गरेको छ ।
नेपालले पाहुना टोली आयरल्यान्डलाई ३ रनले पराजित गरेको हो।
योसँगै शृंखला २–१ मा सकिएको छ। टियू क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २ सय १४ रनको लक्ष्य पछ्याउने क्रममा आएरल्याण्ड ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १० रन मात्रै बनाउन सक्यो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।
नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाउनुभएको थियो । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाउनुभयो ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिनुभयो ।
योसँगै आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको छ । अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बुधबार हुने छ ।















प्रतिक्रिया