बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

मानिस र बाँदरबीचको अथाह प्रेम, जसले सबैलाई भावुक बनाउँछ…

दैनिक नेपाल २०८० चैत १८ गते २१:४३

काठमाडौं, १८ चैत । तपाई जनावरप्रति कतिको लगाव राख्नुहुन्छ ? यदी तपाईँ लगाव राख्नुहुन्छ भने मानिस र जनावरबीचको स्नेह मज्जाले महशुस गर्नसक्नु हुनेछ । तर कतिपयले जनावरलाई जनावर, अज्ञानी जीवको रूपमा मात्रै हेर्ने गरेको पनि हामी पाउँछौँ । तर जनावरलाई हामी जति आत्मिय व्यवहार गर्छौँ जनावरले पनि हामीप्रति उत्तिनै आत्मियता देखाउँछन् घुलमिल हुन्छन् ।

वर्षौ पहिले पर्वतको सदरमुकाम कुश्माकी माया पुनको घरमा सानो बाँदरको बच्चा बाटो बिराएर आइपुग्छ । सानो बच्चा देखेपछि मायाको मनमा मायाँ पलाउँछ र उनले सानो बाँदरको बच्चालाई घरमै राख्छिन् । उनले बाँदरलाई आफ्नै बच्चा जसरी हुर्काउँछिन् । बाँदर ठूलो हुन्छ । बाँदर मायाको साथी जस्तै बनिसकेको थियो । सँगै हिँड्ने खाने बस्ने ।

यसैबीच केही दिनअघि बाँदरले एक्कासी स्थानीयलाई आक्रमण गर्छ । स्थानीयलाई आक्रमण गरेपछि बाँदरलाई अब जंगलमै छाड्ने भन्दै वन कार्यालयका कर्मचारी आएर खोरमा हालेर जंगल लैजान खोज्छन् । तर बाँदर मायाँको कपडाको फेर समाएर रून थाल्छ । यो दृश्यले त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको थियो । भिडिओमा देख्न सकिन्छ ।

बाँदर मायाँको लुंगीको फेर समाएर मलाई छोडिदिनुस् भन्ने भावमा रूँदै मायालाई हेरिरहेको छ । मायाले पनि बाँदरलाई सुम्मुम्याएको मायाँ गरेको हामी देख्न सक्छौँ । बाँदर मायाँ र परिवारलाई छोडेर जान पटक्कै नमानिरहेको यो भिडिओमा देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित