बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ सार्वजनिक

दैनिक नेपाल २०८० चैत १८ गते २१:०२

काठमाडौं, १८ चैत । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को गीत ‘मेरो जीवनको’ रिलिज गरिएको छ ।

कमेडी फ्लेवरमा तयार पारिएको फिल्मको गीतमा प्रमुख कलाकारहरु जयकिशन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत र एलिना गुरुङ फिचर्ड हुनुहुन्छ ।

केही समयअघि फिल्मलाई बलिउड कमेडियन कपिल शर्माले शुभकामना दिएपछि फिल्मको चर्चा चुलिएको थियो । फिल्मका अभिनेता राजीव फिल्मबाट आशावादी हुनुहुन्छ । फिल्मसँगै समाजसेवामा पनि सक्रिय राजीवले आफ्नो चरित्रलाई दर्शकले मनपराउने बताउनुभयो ।

फिल्म निर्माण टिमले धेरै हाँस्न नसक्ने दर्शकलाई फिल्म नहेर्न आग्रह समेत गरेको छ ।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा हुनुहुन्छ ।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाई र निर्देशक शोभित बस्नेत स्वयं देखिनुभएको छ ।

फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड हुनुहुन्छ । उहाँहरु यही गीतमा मात्र देखिनुहुनेछ ।

फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँको सम्पादन छ ।

आरआर फिल्म्सले वितरण गर्ने फिल्र्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो । फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित