२५ असार २०८३, बिहिबार

गुजरातमाथि नेपाल ८ विकेटले विजयी

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । नेपालले फ्रेन्डसिप कपमा विजयी शुरुवात गरेको छ । कपको पहिलो खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको ९९ रनको लक्ष्य पछाएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि अनिल शाहले ३२, कप्तान रोहित पौडेलले ३३ रन बनाउनुभएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात १८.२ ओभरमा अल आउट हुदै ९८ रन बनाएको थियो ।

गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बताउनुभयो ।त्यसैगरी नेपाली बलर गुलशन झाले सर्बाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिनुभयो ।

अब नेपालले अर्को खेल अप्रिल २ मा बरोडासँग खेल्ने छ भने अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्नेछन् ।