१ श्रावण २०८३, शुक्रबार

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज गुजरातसँग खेल्दै

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत ।  भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले फ्रेन्डसिप कपको पहिलो खेल आज खेल्दैछ ।

आज नेपालले गुजरात क्रिकेट एसोसियसनसँग खेल्दैछ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजेदेखि सुरु हुँदैछ ।

भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दैछ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुनेछ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।

भारतबाटै नेपाल ओमानमा अप्रिल १२ देखि २१ सम्म हुने एसीसी प्रिमियर कप खेल्न जानेछ ।