१४ असार २०८३, आइतबार

उत्तर कोरियाले विश्वकप छनोटको खेल स्थगित गरेपछि जापान विजेता घोषित

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । विश्वकप छनोटअन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।

उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो । तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन ।

खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ ।

एशिया विश्वकप छनोटको समूह ‘बी’ मा रहेको जापान ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने यस समूहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेको छ ।