मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

पूर्वयुवराज्ञी हिमानी शाह क्यालिफोर्नियामा

दैनिक नेपाल २०८० चैत १८ गते ९:३५

गणेश थापा, क्यालिफोर्निया, १८ चैत । पूर्वयुवराज्ञी हिमानी शाह आज संयुक्त राज्य अमेरिकाको पश्चिमी क्षेत्रस्थित क्यालिफोर्निया आइपुग्नुभएको छ ।

उहाँलाई सान फ्रान्सिस्को अन्तर्राष्ट्रिय विमानस्थलमा हिमानी ट्रष्टका पदाधिकारी लगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूले स्वागत गरेका छन् ।

उहाँको सम्मानमा आजै क्यालिफोर्नियामा गरिएको भेटघाट कार्यक्रमा गैरआवासीय नेपाली संघ अमेरिकाका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

हिमानी ट्रष्टको अध्यक्षसमेत रहनुभएकी पूर्वयुराज्ञी शाहले आइतबार क्यालिफोर्नियाको रिचमण्ड सिटीमा रहेको नेपालीहरूको धार्मिक स्थल ‘मुक्तिनाथ धाम’मा विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेको नेपाली समाजका अगुवा विष्णु केसीले जानकारी दिनुभएको छ ।

उहाँ एक पारिवारिक कामको सिलसिलामा राजपरिवारका केही पूर्वसदस्यहरूसहित क्यालिफोर्निया आउनुभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित