बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

बाल्टिमोरमा भागवत सप्ताह : समाजसेवी केसीले दिए ७० हजार डलर चन्दा

दैनिक नेपाल २०८० चैत १८ गते ९:२९

विजय थापा, मेरिल्याण्ड, १८ चैत । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा मार्च ३० शनिबारदेखि अप्रिल ६ सम्म प्रारम्भ भएको मेरिल्याण्ड आध्यात्मिक महोत्सव श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा बाल्टिमोरका समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिनुभएको छ ।

मनकारी तथा दानवीर केसीले शनिबारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सार्वजनिक रुपमा त्यति रकम दिने घोषणा गर्नुभएको हो । उहाँले विगतमा हिन्दु बुद्ध मन्दिरलाई पहिले नै ५५ हजार डलर दान दिइसक्नुभएको छ । यो मन्दिरलाई कूल १२५ हजार डलर दिने केसी अहिलेसम्मकै सर्वाधिक उच्च चन्दा दिने व्यक्ति हुनुभएका छन् ।

उहाँले वाचन प्रवीण दीनबन्धु पोखरेलले सुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञमा बारे भागवत बारेमा मात्र प्रकाश पार्दै गर्दा केसीले बीचमै ७० हजार डलरको घोषणा गर्नुभएको हो । उहाँले चन्दा दिएपछि खुसी हुँदै नाच्नुभएको थियो ।

मेरिल्याण्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रुपमा कलश यात्रा सम्पन्न गरियो । सप्ताह महापुराणमा ५०१ वटा कलश सबै समुदायले १०१ डलर तिरेर आफै सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक सजावट गरि कलश नै राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा कलश यात्रा पछि सोही स्थानमा ७ दिन सम्मको लागि राखिएको छ ।

कलश यात्रापछि औपचारिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा काउन्टीका विशेष अतिथि, ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जन ,महावाणिज्यदूत प्रेम राजामहत, वाचन प्रवीण दीनबन्धु पोखरेल, मन्दिरका अध्यक्ष डा श्याम कार्की , उपाध्यक्ष क्रिस घिमिरेले मन्तव्य राख्नुभएको थियो ।

औपचारिक कार्यक्रम पछि केही समय विश्राम पश्चात् वाचन प्रवीण दीनबन्धु पोखरेलले भागवतको विशेष मात्र प्रकाश पार्दै भागवत कथा आइतबार मार्च ३१ देखि सुरु गर्ने श्रद्धालु भक्तजनलाई बताउनुभयो ।

शनिबारदेखि सुरुवात भएको महापुराण अब लगातार ७ दिम सम्म प्रवचन कथा हुने छ । हरेक दिन दिउँसो २ बजे देखि कथावाचन हुने भएको छ । नेपालको पुरातात्विक महत्व झल्किने स्वागतद्वार निर्माण गरिएको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुने भक्तजनहरुका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ व्यवस्थापन समितिले प्रसाद वितरणको पनि प्रवन्ध गरेको छ ।

श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित विभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको थियो ।

बिहानैदेखि हजारौ सवारीसाधनहरूलाई व्यवस्थित रूपमा राख्ने स्थलको व्यवस्थापन मिलाइएको थियो भने अन्तिम प्रवचनसम्म श्रद्धालु भक्तजनहरूले भजनमा नाचगानमा सहभागिता जनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित