बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बोकेदाह्रीको ‘गाह्रो छ हौ मलाई’ सार्वजनिक

दैनिक नेपाल २०८० चैत १७ गते २०:३०

विराटनगर, १७ चैत । श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को भिडियो सार्वजनिक भएको छ ।

पूर्वका चर्चित हाँस्य व्यङ्ग्य गायक लुइँटेलले शुक्रबार गीतको भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो ।

उहाँकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्कन सुमन तामाङले गर्नुभएको हो ।

भिडियोमा लुइँटेलसहित मिलन सुवेदी, अनिशा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तिर्थ पोखरेल, गोपाल दर्जीलगायतको अभिनय रहेको छ । भिडियो सम्पादन हेमन तामाङले गर्नुभएको हो ।

लुइँटेलले यसअघि थुप्रै चर्चित गीतहरू सार्वजनिक गरिसक्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित