३० जेष्ठ २०८३, शनिबार

आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ ४० रनले पराजित

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँग ४० रनले पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल ‘ए’ पुनः पराजित भएको हो ।

दुई सय २५ रनको विजय लक्ष्य पछ्याएको नेपाल ‘ए’ १७.५ ओभरमा अलआउट हुँदै १८४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि देव खनालले सर्वाधिक ४७ रन बनाए । त्यस्तै लोकेश बमले २५ र कप्तान विदोन भण्डारीले २६ रन बनाए । त्यस्तै बासिर अहमदले २७, आरिफ शेखले १४, पवन सराफले १० र कमल ऐरी ११ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ओभरको खेलमा ६ विकेट गुमाएर २२४ रन बनाएको थियो ।

आयरल्यान्डका लागि निल रकले सर्वाधिक ७१ रन बनाए । त्यस्तै पिटर मुरले ६५ रन, जेम्स मोकुलमले २६ रनको योगदान दिए ।