१४ असार २०८३, आइतबार

आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई दियो २२५ रनको विशाल लक्ष्य

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । आयरल्यान्ड ‘ए’ले नेपाल ‘ए’लाई २२५ रनको विशाल लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी टी-२० सिरिजको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ले २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो ।

आयरल्यान्ड ‘ए’का लागि कप्तान निल रकले सर्वाधिक ७१ रन बनाएका थिए भने पिटर मूरले ६५ रन बनाएका थिए । जेम्स म्याकोलमले २६, फिओन हान्डले १९, रोज अदैरले १७ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सागर ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र पवन सराफले एकएक विकेट लिएका थिए ।