२५ असार २०८३, बिहिबार

टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल ‘ए’ टिम

काठमाडौं, १७ चैत  । कीर्तिपुरमा जारी टी–२० श्रृङ्खलाको दोस्रो अभ्यास खेलमा नेपाल ‘ए’ले आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै आयरल्याण्डले ब्याटिङ गरेको हो ।

आजको खेलमा दुई परिवर्तन गरेको नेपालले तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्तीलाई बेन्चमा रखेर विपिन खत्री र पवन सरार्फलाई प्लेइङ ११ मा समेटेको छ ।

हिजो भएको पहिलो खेलमा आयरल्यान्डसँग नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो ।

तीन खेलको सिरिजमा नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ ।

पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो ।