बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

‘मेरो माया तिम्रो लागि’ भन्दै गरिमा फकाउँदै रुपक

दैनिक नेपाल २०८० चैत १७ गते ११:५३

काठमाडौं, १७ चैत । लोकप्रिय गायक रुपक डोटेलको नयाँ गीत ‘मेरो माया तिम्रो लागि’ सार्वजनिक भएको छ । मनि सुवेदीको प्रस्तुति तथा शब्द रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको गीतमा संगीत गायक डोटेल आफैले भर्नुभएको छ ।

सेन्टिमेन्ट शैलीमा प्रेमपीडा व्यक्त गरिएको गीत कर्णप्रिय छ । गीतमा गायकले प्रेमीकाले आफ्नो माया नबुझेको गुनासोहरु पोखेका छन् । गीतको भिडियो एक जोडी प्रेमीको प्रेम र बिछोड देखाउन खोजिएको छ ।

भिडियोमा गायक डोटेल आफै देखिनुभएको छ भने उहाँलाई अभिनयमा साथ गरिमा शर्माले दिनुभएको छ । भिडियोमा दुवैको जोडी सुहाउँदो देखिएको छ ।

उत्तम हुमागाईको छायांकन, विकास धमलाको सम्पादन रहेको भिडियो गायक डोटलको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोका निर्देशक निकेश खड्का हुनुहुन्छ ।

५०० भन्दा बढी गीतमा स्वर दिइसक्नुभएका गायक डोटेल पछिल्लो समयका चलेका गायक हुनुहुन्छ । गायक डोटलका ‘बनकी चरी’, ‘सानुमाया’, ‘मेरो बोली सुन्दा’, ‘चोखो माया लाकै होनी माया’लगायत थुप्रै हिट छन् ।

 

प्रतिक्रिया
सम्बन्धित