बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

अनमोलको जन्मदिनमा ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक

दैनिक नेपाल २०८० चैत १७ गते १०:०७

काठमाडौं, १७ चैत । अभिनेता अनमोल केसीको जन्मदिनको अवसर पारेर उहाँ अभिनित फिल्म ‘फर्की फर्की’को फस्टलुक सार्वजनिक गरिएको छ ।

आउँदो वर्ष २०८१ को जेठ १० गतेबाट रिलिज हुने फिल्मको पोस्टरमा फिल्मका प्रमुख पात्र रहेका अनमोल सोलो फिचर्ड हुनुहुन्छ ।

लभ स्टोरी जनरामा बनेको यो फिल्म ओमप्रकाश अग्रवालसँग मिलेर रोहित अधिकारीले निर्माण गर्नुभएको हो । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माताको रुपमा हुनुहुन्छ ।

फिल्मका निर्देशक सुयोग गुरुङ हुनुहुन्छ । फिल्ममा अनमोलसँगै जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मालगायतका कलाकारको पनि अभिनय छ ।

सुयोग गुरुङकै कथा तथा पटकथा रहेको फिल्ममा रोमन बज्राचार्य र नरेन लिम्बुको संगीत, नरेन्द्र मैनालीको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, किरण थापाको कोरियोग्राफी छ ।

प्रतिक्रिया
सम्बन्धित