शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो टी–२० आज

दैनिक नेपाल २०८० चैत १६ गते ८:०५

काठमाडौं, १६ चैत । घरेलु मैदानमा हुने तीन खेलको टी–२० शृंखलामा नेपाल ‘ए’ ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ । यसअघि बिहीबार सुरु हुने तालिका रहेको सिरिज वर्षाको कारण टस नै नगरी रद्द भएको थियो ।

आयरल्यान्ड वुल्भ्सले नेपाल ‘ए’सँग तीन टी–२० र तीन ओडीआई खेल खेल्ने तालिका छ । सिरिजको पहिलो खेल वर्षाको कारण बिहीबार रोकिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पुनः नयाँ तालिका निकालेको हो । नयाँ तालिकाअनुसार आज नेपाल र आयरल्यान्ड वुल्भ्सले पहिलो खेल्दैछन् । शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् ।

यसअघि आयरल्यान्ड वुल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्यान्ड आज पहिलो जितको खोजीमा हुनेछ ।

उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा मैदान उत्रिनेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित