शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : फेरि उथलपुथल गर्ने प्रधानमन्त्रीको चेतावनी, काँग्रेसलाई शक्ति पच्दैन

दैनिक नेपाल २०८० चैत १५ गते २२:४७

काठमाडौं, १५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने स्पष्ट पार्नुभएको छ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गर्नुहुँदै दाहालले सुशासन र विकासको काम अगाडि बढाउनुपर्नेमा जोड दिँदै पदका लागि नयाँ समीकरण नबनाएको बताउनुभएको हो । ‘मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन ।

मैले जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन,’ उहाँले भन्नुभयो,‘पद त मेरो सुरक्षित थियो । तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्, सुशासन र विकास निर्माणलाई अझ तीव्र गर्न सकियोस भन्ने मान्यतालाई मात्रै हो, त्यो पनि गर्न सकिएन भने पद ओगटीराख्नुको औचित्य पनि पुष्टि हुँदैन त्यो कुरामा म सचेत छु ।’

दाहालले आफूले काम गर्न नसके अर्को उथलपुथल गर्न सक्ने चेतावनी पनि दिनुभएको छ । ‘अहिले समीकरण चेन्ज भएको छ । त्यसलाई गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो । उथलपुथल त मैले भनेको थिएँ । म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो अरूलाई भनेको होइन । मेरै लागि भनेको हो,’ उहाँले भन्नुभयो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–

 

प्रतिक्रिया
सम्बन्धित