शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

राजनीतिमा आउने साराको संकेत

दैनिक नेपाल २०८० चैत १५ गते ८:१८

मुम्बई, १५ चैत । बलिउड अभिनेत्री कंगना रनावत आफ्नो दमदार अभिनयले बलिउडमा नाम कमाइन् । यी अभिनेत्री प्रायः राजनीतिक मुद्दामा आफ्नो भनाइ राख्दै चर्चामा आउँछिन् । उनलाई बीजेपीले लोकसभा चुनाव २०२४ मा हिमाञ्चल प्रदेशको मण्डी सिटबाट टिकट दिइसकेको छ ।

यही बेला अर्की अभिनेत्री सारा अली खानले पनि राजनीतिमा आउने कुराको संकेत दिएकी छन् ।

हालैको एक अन्तरवार्तामा उनले राजनीतिमा आउने कुरालाई नकार्न नसकेको कुरा बताएकी छन् । उनलाई ‘के उनी भविष्यमा राजनीतिमा आबद्ध हुन्छिन् ?’ भनी नेटफ्लिक्स इण्डियाले सोधेको प्रश्नमा उनले सकारात्मक जवाफ दिएकी छन् । ‘हो म भविष्यमा राजनीतिमा पाइला चाल्नका लागि सोच्न सक्छु ।’ उनले भनेकी छन् ।

साराले राजनीतिमा आउने चाहना राखेको यो पहिलोपटक होइन । उनले सन् २०१९ मा एक अन्तरवार्तामा पनि भविष्यमा राजनीतिको चासो बारे आफ्ना धारणा सार्वजनिक गरेकी थिइन् । ‘मसँग इतिहास र राजनीति शास्त्रको डिग्री छ । त्यसकारण म जुनसुकै समयमा राजनीतिमा प्रवेश गर्न सक्छु । यो मेरा लागि ब्याकअप विकल्प हुने छैन । उद्योगमा जबसम्म काममा सक्रिय हुन्छु, त्यही समयसम्म अभिनय नै रहन्छ । तर समय आउनासाथ राजनीतिलाई पनि साथमै लानेछु ।’ उनले भनेकी छन् ।

हालैमात्र सारा अभिनित ‘मर्डर मुबारक’ र ‘ऐ मेरे वतन के लोगो’ ओटीटीमा रिलिज भएको थियो । फ्यानले उनको अभिनयलाई निकै मनपराए । फिल्म ‘ऐ वतन मेरे वतन’मा स्वतन्त्रता सेनानी उषा मेहताको भूमिका निभाएकी थिइन् ।

उनी यतिबेला अनुराग बासुको फिल्म ‘मेट्रो’मा काम गरिरहेकी छन् । फिल्म सेप्टेम्बर १३ मा रिलिज हुनेछ । यसबाहेक उनी जगन शक्तिको फिल्ममा पनि काम गर्दैछिन् ।

प्रतिक्रिया
सम्बन्धित