शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘मिस्टर एण्ड मिस नेसनल’मा २४ फाइनलिस्ट

दैनिक नेपाल २०८० चैत १५ गते ७:३५

काठमाडौं, १५ चैत । सौन्दर्य प्रतियोगिता ‘मिस नेसनल नेपाल २०२४’को काठमाडौं अडिसन सम्पन्न भएको छ । काठमाडौंको ज्ञानेश्वरस्थित एटिकमा सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

आयोजक सनुर्वीका अनुसार देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्डमा सहभागिता जनाउने छन् ।

अडिसनका सनुर्वीका सञ्चालक डा. सन्तोष उपाध्याय, पूर्व मिस अर्थ प्रिया सिग्देल, मोडल तथा कोरियोग्राफर दिक्पाल कार्की, मिस सुप्रानेशनल २०२२ केशु खड्का र पास रेलोट्रेनर स्मिथ तामाङ निर्णायक हुनुहुन्थो ।

प्रतियोगीहरुलाई तीन हप्ताको तालिम र पोर्टफोलियो सुटसमेत गराइनेछ । यसका साथै विजेताहरुले २ लाख ५० हजार बराबरको गिफ्ट ह्याम्परसमेत पाउनेछन् ।

२०२३ को डिसेम्बरदेखि आवेदन खुल्ला गरिएको प्रतियोगिताका लागि मार्च २०२४ को अन्त्यसम्ममा २४ जना फाइनलिस्ट छनोट गरिनेछ । प्रतियोगीहरुले ट्यालेन्ट राउन्ड, टप मोडल राउन्ड, स्वीमवेयर राउन्डजस्ता विविध विधामा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । ‘मिस नेसनल २०२४ को फिनाले अप्रिलको अन्त्यमा हुनेछ ।

प्रतियोगिताको टप मोडल राउन्ड र स्वीम वेयर राउन्ड पोखराको द विच रिसोर्ट र कुश्माको हार्नेस जिपलाइनमा आयोजना गरिनेछ । त्यसैगरी पृथ्वी दिवसको अवसर पारेर वृक्षरोपण गर्ने आयोजकको योजना छ ।

त्यस्तै मे महिनामा परिचयात्मक भिडियो सुट, जुलाई महिनामा मिस्टर एण्ड मिस सुप्रानेशनलका विजेताहरू पोल्याण्डमा आयोजना गरिने ‘मिस्टर एण्ड मिस सुप्रानेशनल’मा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धामा उत्रने छन् ।

यस्तै थाइल्याण्डमा ‘मिस्टर नेसनल’, अल्बानियामा ‘मिस ग्लोब’ र इजिप्टमा हुने ‘मिस इन्टरकन्टिनेन्टल’मा पनि नेपालको प्रतिनिधित्व गर्नेछन् । प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्कीले गर्नुहुनेछ भने पास रेलोट्रेनरका रूपमा स्मिथ तामाङ र अन्तराष्ट्रिय कोच रिचर्ड आइएसए रहनुहुनेछ ।

सनुर्वी इन्टरनेसनल नेपालको स्वामित्वमा पाँच अन्तर्राट्रिय सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइज ‘मिस सुप्रानेशनल’, ‘मिस ग्लोब’, ‘मिस्टर इन्टरनेशनल’, ‘मिस इन्टरकन्टिनेन्टल’ र ‘मिस्टर सुप्रानेशनल’ छन् ।

प्रतिक्रिया
सम्बन्धित