सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

विश्वकप छनोट : बहराइनसँग नेपाल ३-० ले पराजित

दैनिक नेपाल २०८० चैत १४ गते ६:३६

काठमाडौं, १४ चैत । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एकएक गोल गरेका थिए । नेपालले तीनै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफ भने गोलरहित सकिएको थियो ।

यो जितसहित बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समूह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहीन हुँदै पुछारमा रहेको छ । यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शीर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

अब नेपालले विश्वकप छनोटअन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित