शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

‘वर एण्ड वधु’को बाँकी छायांकन नेपालमा हुने

दैनिक नेपाल २०८० चैत १३ गते १५:२०

काठमाडौं, १३ चैत । रोमानियामा ५० प्रतिशत छायांकन सकिएपछि रोकिएको फिल्म ‘वर एण्ड वधु’को बाँकी काम अघि बढ्ने भएको छ ।

फिल्मका निर्देशक मिलन चाम्सका अनुसार बाँकी ५० प्रतिशत छायांकनको काम नेपालमा पूरा गरिनेछ ।

रोमान्टिक कमेडी कथामा तयार भइरहेको फिल्मको बाँकी काम चैतको तेस्रो साताबाट सुरु हुनेछ ।

फिल्ममा नवनायक विवेक कर्माचार्यले ‘वर’ र अभिनेत्री आँचल शर्माले ‘वधु’को भूमिका निभाउँदै हुनुहुन्छ । अभिनेता विवेकले दोस्रो सेड्यूलका लागि आफ्नो शरीर सुगठित बनाउनुभएको छ ।

निर्देशक चाम्सले कथाको माग अनुसार नै विवेकले शरीर बनाएको बताउनुभयो ।

उहाँले फिल्मले विवाहको संस्कृति कथालाई देखाउने बताउनुभयो ।

डाक्टर अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्म एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुदीप बरालको छायांकन छ ।

प्रतिक्रिया
सम्बन्धित