सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बलिउड अभिनेत्री तापसी पन्नुले सुटुक्क गरिन् विवाह

दैनिक नेपाल २०८० चैत १३ गते ८:३४

मुम्बई, १३ चैत । बलिउड अभिनेत्री तापसी पन्नुले विवाह गरेकी छिन् ।

एनडिटिभीमा प्रकाशित समाचार अनुसारले उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन् ।

विवाह उत्सव उदयपुरमा भएको थियो र जसमा निकै घनिष्टहरूको उपस्थिति रहेको थियो । पूर्व विवाह उत्सव भने मार्च २० बाट सुरू भएको जनाइएको छ ।

विवाहको खबरकाबीच तापसी र मथियासको विवाह स्थलमा निर्माता–लेखिका कनिका ढिल्लन र अभिनेत्री पावेल गुलाटीको तस्वीर सार्वजनिक भएको छ ।

रेडिटमा केही व्यक्तिहरूले तापसीकी बहिनी शगुन पन्नुको उदयपुरमा भएको विवाहको तस्वीर पनि सेयर गरेका छन् । तस्वीरमा तापसीसँग उन कोस्टार पावेल पनि थिए ।

समाचार अनुसार धेरै बलिउड सेलिब्रेटीहरू तापसीको विशेष दिनको हिस्सा थिएनन् । एक स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘तापसीको ‘दोबारा थप्पड’ का सह–कलाकारहरू पावेल गुलाटी उनको र मथियासको विवाहमा पाहुनाहरूसँग सामेल भए ।

प्रतिक्रिया
सम्बन्धित