८ असार २०८३, सोमबार

नेपाल र आयरल्यान्ड ‘ए’बीचको दोस्रो खेल आज

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ चैत । नेपाले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ । आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो ।

सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड वोल्भ्सलाई पराजित गरेको हो । आयरल्यान्ड वोल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।