८ असार २०८३, सोमबार

नेपालसँग आयरल्यान्ड ‘ए’ ६ विकेटले पराजित

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १२ चैत । पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ ।

टियू क्रिकेट मैदानमा एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालकालागि कुशल भुर्तेलले सर्वाधिक ३८ रनकोे योगदान दिनुभयो ।

त्यस्तै, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाउनुभयो । आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिनुभयो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाउनुभयो । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुई/दुई तथा करण केसी र कुशल मल्लले एक/एक विकेट दिनुभयो ।