आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

विवाह बन्धनमा बाधिँदै गायिका एलिना चौहान

दैनिक नेपाल २०८० चैत १२ गते १६:२०

काठमाडौं, १२ चैत । गायिका एलिना चौहान विवाह बन्धनमा बाधिँने हुनुभएको छ । उहाँले बैशाखमा विवाह गर्ने तयारी गर्नुभएको हो । उहाँले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लाग्नुभएको हो ।

केही समयअघि उहाँहरूको ब्रेकअप भएको बताइएको थियो । उहाँहरूबीच पुर्नमिलन भएसँगै विवाह गर्न लाग्नुभएको हो । त्यतिबेला आफूहरुबीच केही ‘मिस–अन्डरस्ट्यान्डिङ’ भएको तर ब्रेकअप भने नभएको एलिनाले बताउनुभयो । केही पत्रकारहरुले अन्दाजको भरमा ब्रेकअपको समाचार फैलाएको उहाँको भनाइ छ ।

अहिले परिवारका सदस्यहरु विवाहको तयारीमा जुटिसकेको उहाँले जानकारी दिनुभयो । विवाह बैशाखमै हुने तय भएपनि मिति भने पक्का भएको छैन । अबको केही दिनमा मिति पक्का हुने उहाँले बताउनुभयो । एलिना झापाकी हुन् भने विष्णु बाग्लुङका हुनुहुन्छ । विष्णु अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

साथै विष्णुको मायालु नामक इन्टरटेन्मेन्ट कम्पनी पनि छ । कम्पनीले अष्ट्रेलियाका विभिन्न स्थानमा नेपालबाट कलाकारलाई आमन्त्रण गरेर कन्सर्ट आयोजना गर्दै आएको छ ।

यही क्रममा गत वर्ष तिजको अवसरमा एलिना कन्सर्टको निम्ति अष्ट्रेलिया पुगेका बेला विष्णुसँग प्रेममा पर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित