सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘सिरियल किसर’ इमरान हासमीका तीन खराब क्षण

दैनिक नेपाल २०८० चैत १२ गते ९:४५

मुम्बई, १२ चैत । बलिउडमा ‘सिरियल किसर’को उपमा पाएका इमरान हासमीले भर्खरै ४५ औं जन्मदिन मनाए ।

टाइगर–३ मा खलनायकको भुमिका निभएका इमरान हासमीले तेलुगु फिल्म ओजीमा पनि खलनायकको भुमिका निभाएको जनाइएको छ ।

टाइगर–३ को सफलतासँगै इमरानको ब्यस्तता बढेको छ । इमरानसँग हाल २ ठूला तेलुगु फिल्म छन् । ती हुन ओजी र जी २ । फिल्म ओजी एक एक्शन ड्रामा फिल्म हो, जसलाई सुजित रेड्डीले निर्देशन गर्दैछन् । फिल्ममा पवन कल्याण र इमरान हासमी मुख्य भूमिकामा छन् । २०० करोडको लागतमा बनिरहेको यो फिल्म २७ सेप्टेम्बर २०२४ मा सिनेमाघरमा रिलिज हुनेछ ।

अर्कोतर्फ, इमरान हाशमी फिल्म जी २ मा देखिने छ । यो स्पाइ एक्सन थ्रिलर फिल्ममा उनीसँगै अदिवी शेष पनि देखिने छन् । यो सन् २०१८ मा रिलिज भएको फिल्म गुडाचरीको सिक्वेल हो । तर, बजेट र रिलिज मितिबारे भने अझै केही खुलाइएको छैन ।

तर, यीनै इमरानको जीवनमा भने धेरै कठिनाइ परेको थियो भन्ने कुरा कमैलाइ थाहा हुन्छ ।

पहिलो त बिपाशाले आफ्नो कम उचाइको कारण इमरानसँग काम गर्न अस्वीकार गरेकी थिइन । इमरान हाश्मीलाई यसअघि २०११ मा आएको फिल्म ‘मर्डर २’ मा पनि कास्ट गरिएको थियो । निर्माताले यस अघि बिपाशा बसुलाई उनको अपोजिटमा राख्ने योजना बनाएका थिए तर बिपाशाले उक्त प्रस्ताव अस्वीकार गरिन् । उनले छोटो उचाइको कलाकारसँग पर्दामा रोमान्टिक दृश्य गर्न नचाहेको बताइकी थिइन् । यसबाट इमरानलाई गहिरो चोट लागेको थियो । त्यसपछि उनको अनुरोधमा निर्माताहरूले ज्याकलिन फर्नान्डेजलाई कास्ट गरे । यो फिल्म बक्स अफिसमा हिट साबित भयो । तर, केही समयपछि भने इमरानको बढ्दो स्टारडम देखेर बिपाशा उनीसँग फिल्म राज–३ मा काम गर्न राजी भइन् ।

उता, कफी विथ करण च्याट शोमा इमरान हासमीलाई कुन अभिनेत्री प्लास्टिक जस्तो देखिन्छ भनेर सोधिएको थियो । यसको जवाफमा इमरानले ऐश्वर्या रायको नाम लिएका थिए । केही समयपछि ऐश्वर्याले यस घटनालाई लिएर प्रश्न गरेकी थिइन् । जब ऐश्वर्यालाई २०१७ को फिल्म बादशाहोमा भूमिकाको प्रस्ताव आयो, उनले इमरानसँग काम गर्न अस्वीकार गरिन् ।

खराब अभिनयका कारण फिल्मबाट हटाइएको घटना पनि उनको जीवनमा घटेको थियो । एक्टिंग कोर्स पूरा गर्नु अघि इमरानलाई विशेष फिल्म्स प्रोडक्सन हाउसको फिल्म  ‘ये जिंदगी का सफर’ अफर गरिएको थियो । इमरानले यो फिल्ममा केही दिन काम गरे पनि खराब अभिनय र खराब व्यवहारका कारण उनी बाहिरिएका थिए । पछि उनको ठाउँमा जिमी शेरगिललाई कास्ट गरिएको थियो ।

यी तीन खराब क्षणलाई उनले जीवनमा कहिल्यै भुल्न नसकेको जनाउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित