१५ असार २०८३, सोमबार

अभिनेत्री कंगनालाई भाजपाले दियो लोकसभाको टिकट

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । बलिउड अभिनेत्री कंगना रनावत भारतको लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छन् । अभिनेत्री कंगनालाई भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा टिकट दिएको हो ।

कंगना आफ्नो गृहप्रदेश हिमाचल प्रदेशको मंडी लोकसभा निर्वाचन क्षेत्रबाट भारतीय जनता पार्टीको उम्मेदवार बन्ने भएकी छन् । आइतबार भारतीय जनता पार्टीले सार्वजनिक गरेको उम्मेदवारहरूकोसूची अनुसार कंगनालाई लोकसभाको टिकट दिइएको छ ।

कंगनाले एक दिन अगाडि नै चुनाव लड्ने संकेत दिएकी थिइन् । हिमाचल प्रदेशको कांगडास्थित बगलामुखी मन्दिरको दर्शन गर्न गएकी कंगनाले पत्रकारको प्रश्नको जवाफमा भनेकी थिइन्, ‘आमाले चाहनु हुन्छ भने मण्डी संसदीय सिटबाट अवश्य चुनाव लड्छु ।’

टिकट पाएपछि कंगनाले प्रतिक्रिया दिदै भनेकी छन्- ‘मेरो प्यारो भारत र भारतीय जनता, मैले सधै मेरो भारतीय जनता पार्टीलाई बिना शर्त समर्थन गरेको छु । आज भाजपाको राष्ट्रिय नेतृत्वले मलाई मेरो जन्मभूमि हिमाचल प्रदेशको मण्डीबाट लोकसभाको उम्मेदवार बनाएको छ ।’ उनले पार्टीमा औपचारिक रुपमा सामेल हुन पाउँदा आफू सम्मानित र उत्साहित भएको उल्लेख गरेकी छन् ।

कंगनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धाहरुमा सामाजिक संजाल तथा सार्वजनिक रुपमै भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको कडा समर्थन गर्दै आएकी छन् ।

पछिल्लो समय फिल्ममा सफल हुन नसकेकी कंगना राजनीतिमा आउने अनुमान धेरै पहिला देखि गरिदै आएको थियो ।