सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

११ हजार जनतामाझ ‘मेयर’को छायांकन

दैनिक नेपाल २०८० चैत १२ गते ८:३७

काठमाडौं, १२ चैत । सर्लाहीमा छायांकनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायांकन गरिएको छ ।

निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए ।

खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साट्नुभएको छ । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायांकनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु ।’ उहाँले लेख्नुभएको छ ।

करिब एक महिनादेखि सर्लाहीको बागमती नगरपालिकामा फिल्मको छायांकन गरिरहेका दीपेन्द्रले फिल्मका लागि स्थानीयको साथ राम्रो पाइरहेको बताउनुभयो । फिल्म ‘मेयर’ सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षमा आधारित छ । फिल्मको केही दृश्य काठमाडौं र सिन्धुलीमा खिचिनेछन् ।

फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहनुभएको छ । उहाँको अपोजिटमा अभिनेत्री वर्षा राउत हुनुहुन्छ ।

पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ । फिल्ममार्फत मेयर थापाकी छोरी अर्विशा थापाले अभिनयमा डेब्यू गर्दैहुनुहुन्छ ।

सृष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा निर्देशक दिपेन्द्र कार्यकारी निर्माता हुनुहुन्छ । फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्णबहादुर थापाको छायांकन छ ।

प्रतिक्रिया
सम्बन्धित