२० असार २०८३, शनिबार

‘महाजात्रा’ हेरिरहँदा ऊर्जा महशुस गरेँ : गृहमन्त्री लामिछाने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पत्नी निकिता पौडेल लामिछानेसहित नेपाली फिल्म ‘महाजात्रा’ हेर्नुभएको छ । उहाँले ‘जात्रा’ र ‘जात्रै जात्रा’ श्रृङ्खला आफूले हेरिसकेकाले तेस्रो श्रृङ्खला ‘महाजात्रा’ हेर्न उत्सुक भएर आएको बताउनुभयो ।

‘मलाई यो श्रृङ्खलाका अघिल्ला दुई फिल्म नै मन परेको थियो । म निर्देशक प्रदीप भट्टराई, अभिनेता विपीन र दुई रवीन्द्रको अभिनयको फ्यान नै हो । सोही कारण पनि मैले फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ । नेपाली फिल्मलाई हामीले हलमै आएर हेर्नुपर्छ ।’ गृहमन्त्री लामिछानेले भन्नुभयो ।

फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएकाले आफू आकर्षित भएको बताउँदै उपप्रधानमन्त्री लामिछानेले राजनीतिज्ञका रुपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको बताउनुभयो ।

‘फिल्ममा मनोरन्जनसँगै राजनीतिका विषय र देशको इस्युलाई समेटिएको छ । मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुश गरेँ । म र मेरो पुस्ताका नेताको उदय नै त्यसलाई कम गर्न भएको हो । हाम्रो पुस्ताका नेता रहँदा पर्दामा भ्रष्टाचार गर्ने नेताको सायदै देखिएलान् ।’ उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो ।

चैत ९ गतेदेखि नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन भइरहेको फिल्ममा दर्शकको चाप उच्च छ । दर्शकबाट शत प्रतिशत सकारात्मक ‘वर्ड अफ माउथ’ पाएपछि र परिवार नै दर्शक बनेर फिल्म हेर्न आएपछि प्रदर्शकले शो सङ्ख्या समेत बढाएका छन् ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता हुनुहुन्छ ।