१५ असार २०८३, सोमबार

आइपीएलमा राजस्थान रोयल्सको विजयी सुरूवात

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जाइन्टसलाई पराजित गरेको छ ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो । योसँगै राजस्थानले खेल २० रनले जितेको थियो ।

लखनउका लागि निकोलस पुरनले ६४ र कप्तान केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेले पनि जित भने दिलाउन सक्नुभएन । लखनउका लागि दीपक हुडडाले २६ रन बनाउनुभएको थियो । त्यस्तै राजस्थानका बलर ट्रेन्ट बोल्टले २ विकेट लिए भने नान्ड्रे बर्गर, आर आश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले एक एक विकेट लिनुभएको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थान रोयल्सले २० ओभरमा ४ विकेट गुमाउदै १९३ रन बनाएको थियो ।

राजस्थानका लागि कप्तान सन्जु सामसनले सर्वाधिक ८२ रन बनाउनुभएको थियो । सामसनले ५२ बलमा ८२ रन बनाउदै अविजित रहनुभएको थियो । त्यसैगरी रियान परागले ४३ रनको महत्वपूर्ण योगदान दिनुभएको थियो भने यशस्वी जैसवालले २४, जोस बटलरले ११ तथा ध्रुव जुरेलले अविजित २० रन बनाउनुभयो ।

त्यसैगरी लखनउका बलर नवीन उल हकले २ विकेट लिनुभएको थियो भने मोशिन खान र रवि विश्नोईले एक एक विकेट लिनुभयो । यो जितपछि राजस्थान रोयल्सले महत्वपूर्ण २ अंक जितेको छ भने लखनउले हारसँगै सिजनको शुरुवात गरेको छ ।