सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिलीप कुमारले अस्विकार गरेको फिल्मले जितेको थियो ७ अस्कर अवार्ड

दैनिक नेपाल २०८० चैत ११ गते १०:५५

मुम्बई, ११ चैत । बलिउडमा आफ्नो अभिनय र सुपरहिट फिल्मका लागि खान साहब भनेर चिनिने दिलीप कुमारले सौदागर, आग का दरिया, कानून अपना अपना, मशाल र दुनिया जस्ता फिल्ममा आफ्नो अभिनय क्षमता प्रमाणित गरेका छन् ।

के तपाईंलाई थाहा छ दिलीप कुमारले ७ ओस्कर अवार्ड पाएको फिल्म अस्वीकार गरेका थिए । सन् १९६२ मा प्रख्यात निर्देशक डेभिड लीनले आफ्नो फिल्म ‘लरेन्स अफ अरेबिया’ मा प्रिन्स शेरिफ अलीको चरित्रका लागि भारतीय अनुहार खोजिरहेका थिए ।

डेभिड लीनले यस भूमिकाका लागि दिलीप कुमारलाई सम्पर्क गरे तर उनले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए । दिलीप कुमारले यसको कारण भनेका थिए कि उनले हिन्दी सिनेमामा जति भूमिका पाइरहेका छन्, त्यही मापनमा भूमिकाको मूल्याङ्कन गरेका छन् । दिलीप कुमारले आफूलाई प्रमाणित गर्न वा सन्तुष्ट हुन हलिउडको आवश्यकता नरहेको महसुस गरे । उनले आफ्नो करियरमा कुनै पनि विदेशी फिल्ममा काम गरेनन् ।

तर, दिलीप कुमारले काम गर्न अस्वीकार गरेको फिल्म ३५ औं ओस्कर अवार्डमा १० विधामा मनोनित भएको थियो । जसमध्ये फिल्मले ७ ओस्कार अवार्ड पाएको थियो ।

बलिउडमा दिलीप कुमारलाई ट्र्याजेडी किङ पनि भनिन्छ । यसको कारण हो उनका केही चलचित्र । उनले आफ्नो करियरमा केही यस्ता फिल्म गरे, जसका कारण उनको नाम ‘ट्र्याजेडी किङ’को रुपमा चिनिन थाल्यो । उनले धेरै फिल्ममा यस्ता भूमिका गरेका थिए, जसका कारण उनले यो नाम पाएका हुन् ।

उनको फिल्मका केही पात्र यस्ता थिए, जसका कारण उनी तनावमा परे र उनको उपचार पनि गराएका थिए । उनी अन्तिम पटक सन् १९९८ मा आएको फिल्म  ‘किला’ मा देखिएका थिए । दिलीप कुमारलाई सन् १९९४ मा दादासाहेब फाल्के अवार्ड र २०१५ मा पद्म विभूषणबाट पनि सम्मानित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित