सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

फिल्म ‘रावायण’को प्रदर्शन मिति घोषणा

दैनिक नेपाल २०८० चैत ११ गते १०:४६

काठमाडौं, ११ चैत । फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा भएको छ ।

यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लाग्नुभएको हो ।

फिल्मका मुख्य कलाकारहरुमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहनेछ ।

निर्देशक थाापका अनुसार फिल्म चैतका तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ ।

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित