१३ असार २०८३, शनिबार

आईपीएलमा डिजिटल भ्यूअरसिपको नयाँ किर्तिमान !

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । शुक्रबारदेखि शुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को लोकप्रियता शुरु भएदेखि नै देखिन थालेको छ ।

शनिबार सम्पन्न कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद बीचको खेलले ओटीटीमा दर्शकको नयाँ किर्तिमान बनाएको छ ।

यस आईपीएलको आधिकारिक स्ट्रिमिङ ओटीटी प्लेटफर्म जियो सिनेमामा एक समय यो खेल १९.४ करोडभन्दा बढी मानिसहरूले लाइभ हेरिरहेका थिए ।

अहिलेसम्म, यति धेरै मानिसहरूले ओटीटीमा कुनै पनि क्रिकेट खेल लाइभ हेरेका थिएनन् । यसअघि यो कीर्तिमान शनिबार पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भएको खेलको नाममा थियो, जसलाई जियो सिनेमामा करिब १६.७ करोड मानिसले हेरेका थिए ।

यसअघि शुक्रबार आईपीएल २०२४ को उद्घाटन खेल १३.३ करोड मानिसले हेरेका थिए ।

आईपीएलको डिजिटल स्ट्रिमिङ अधिकार २.९ बिलियन डलरमा अधिग्रहण गरिएको थियो । जियो सिनेमा एप २०२३ सिजनदेखि आइपिएलको आधिकारिक स्ट्रिमिङ पार्टनर हो  । रिलायन्सको भायकम १८ ले २०२३ देखि २०२७ सम्म करिब २.९ बिलियन डलर (२३ हजार ९१७ करोड भारु)मा आईपीएलको डिजिटल स्ट्रिमिङ अधिकारहरू प्राप्त गरेको थियो ।

जियो सिनेमाले आफ्नो एपमा दर्शकहरुलाई भारत भित्र निःशुल्क आइपिएल खेल देखाइरहेको छ ।

ओटीटी प्लेटफर्ममा लाइभ क्रिकेट खेल हेर्ने किर्तिमानको कुरा गर्दा यस सिजनको आइपिएलका तीन खेल शीर्ष तीन स्थानमा रहेका छन् । त्यस्तै चौथो स्थानमा २०२३ को एकदिवसीय विश्वकप अन्तर्गतको भारत र न्यूजील्याण्डबीचको सेमिफाइनल खेल ५.२ करोडले डिज्नी प्लस हटस्टारमा लाइभ हेरेका थिए । त्यस्तै सोहि विश्वकपको भारत दक्षिण अफ्रिकाबीचको खेल ४।४ करोडले हेरेका थिए ।