२३ असार २०८३, मंगलबार

सनराइजर्समाथि कोलकोताको रोमाञ्चक जित

3.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा कोलकाताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो । कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो ।

सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्वाधिक ६३ रन बनाएका थिए भने मयंक अग्रवाल र अभिषेक शर्माले ३२(३२ रन बनाएका थिए भने राहुल त्रिपाठीले २० रन बनाएका थिए ।

त्यसैगरी कोलकाताका बलर हर्षित रानाले सर्वाधिक ३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र सुनिल नारनले एकएक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो ।

कोलकाताले खराब शुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिङको सहयोगले विशाल योगफल बनाएको हो । रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए ।

त्यसैगरी कोलकाताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए ।

त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्वाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।

यो जितसँगै कोलकाताले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ भने सनराइजर्सले रोमाञ्चक खेलमा हार बेहोर्दै सिजनको शुरुवात गरेको छ ।