
काठमाडौं, १० चैत । एभरेष्ट भलिबल क्लबले एनभीए भलिबल महिला च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको फाइनल खेलमा एभरेष्टले नेपाल पुलिस क्लबलाई ३-१ सेटमा पराजित गर्दै उपाधि जितेको हो । नेपाल पुलिस डिफेन्डिङ च्याम्पियन समेत हो ।
नेपाल पुलिसले पहिलो सेट जितेपनि त्यसपछिका तीनै सेट एभरेष्टले जितेर उपाधि कब्जा गरेको थियो । एभरेष्ट क्लबमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीका ३ खेलाडी सम्मिलित रहेका थिए । यो जितसँगै एभरेष्ट भलिबल क्लबले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले २ लाख नगद पुरस्कार पाएको छ ।
यसअघि शुक्रबार सम्पन्न तेस्रो स्थानको खेलमा विभागीय टिम एपीएफ विजयी भएको थियो । एपीएफले चन्द्रागिरि नगरपालिका न्यू डायमण्ड महिला भलिबल टोलीलाई पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो भएको एपीएफले एक लाख २५ हजार पाएको थियो ।









प्रतिक्रिया