सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

अभिनेत्री स्वरालाई लोकसभाको टिकट दिँदै काँग्रेस

दैनिक नेपाल २०८० चैत १० गते ११:४०

मुम्बई, १० चैत । बलिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन् ।

अभिनयबाहेक उनी हरेक मुद्धामा खुलेर कुरा राख्छिन् । यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छिन् । समाचार अनुसार काँग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ । यद्यपि काँग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन् ।

स्वराका पति फहद अहमद समाजवादी पार्टीका नेता हुन् । त्यहीकारण पनि स्वरा पतिको राजनीतिलाई पछ्याउन भित्री तयारी गरिरहेकी छन् । काँग्रेसले स्वरालाई मुम्बईको उत्तर–मध्य सिटबाट लोकसभाको टिकट दिने तयारी गरेको छ । यो सिटमा बिजेपीकी पुनम महाजन सांसद छिन् ।

स्वरा यतिबेला काँग्रेसका ठूला नेताको सम्पर्कमा छिन् । स्वरा प्रायः बीजेपीको नीतिको विरोध गरिरहन्छिन् । उनले सीएएको विरोधमा आयोजित एक जनसभामा हिस्सा लिएकी थिइन् । उनी काँग्रेस नेता राहुल गान्धीको भारत–जोडो न्याय यात्रामा देखिएकी थिइन् ।

स्वराले समाजवादी नेता फहदसँग सन् २०२३ को फेब्रुअरीमा विवाह गरेकी थिइन् । उनीहरुको एक छोरी छन् । स्वरा र फहदको पहिलो भेट सन् २०१९ मा एक प्रदर्शनका समयमा भएको थियो । त्यसपछि उनीहरु नजिकिन थालेका थिए ।

प्रतिक्रिया
सम्बन्धित