सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

‘जवान २’को तयारीमा एटली कुमार

दैनिक नेपाल २०८० चैत १० गते ९:०४

मुम्बई, १० चैत । बलिउड अभिनेता शाहरुख खानले सन् २०२३ मा बक्सअफिसमा धमाल नै मच्चाए । सन् २०२३ को सुरुवातमा फिल्म ‘पठान’ले उनलाई सफलताको स्वाद चखायो । यसपछि रिलिज भएको ‘जवान’ले बक्सअफिसमा कैयौं रेकर्ड बनायो । जुन रेकर्डलाई अन्य फिल्मले तोड्न करिब करिब मुस्किल नै पर्छ ।

सन् २०२४ मा शाहरुख कैयौं फिल्ममा जोडिँदैछन् । यहीबीचमा फिल्म ‘जवान’को सिक्वेललाई लिएर नयाँ खबर सार्वजनिक भएको छ । फिल्मका निर्देशक एटली कुमारले हालै एक संवादमा सिक्वेलका बारे जानकारी दिएका छन् ।

एक संवादमा उनलाई ‘जवान’को सिक्वेलको बारेमा सोधिएको थियो । उनले तत्कालै सिक्वेलको बारेमा कुनै टुंगो नभए पनि आफूले कथा भने लेखिरहेको खुलाए । ‘सिक्वेलको बारेमा अहिले त टुंगो लागेको छैन । तर म केही लेखिरहेको छु । हरेक फिल्ममा सिक्वेलको सम्भावना अवश्य नै हुन्छ । तर दर्शकलाई फरक फरक कथावस्तुले हैरान बनाउन चाहन्छु ।’ एटलीले भनेका छन् ।

एटलीको यो जवाफलाई कतिपयले ‘जवान’को सिक्वेलसँग जोडेर हेरेका छन् । दर्शकको चाहना पनि ‘जवान’को सिक्वेल रहेकाले एटली निकट स्रोतले भने उनी सिक्वेलको तयारीमा जुटिसकेको दाबी गरेको छ । शाहरुख खान, नयनतारा, दीपिका पादुकोण, विजय सेतुपतिलगायतको अभिनय रहेको फिल्म ‘जवान’ले बक्सअफिसमा ६ सय ४३ दशमलब ८७ करोड रुपैयाँको कलेक्सन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित