८ असार २०८३, सोमबार

आइपीएल : चेन्नईको विजयी सुरुवात, आज दुई खेल हुँदै

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । टी–२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ । रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित निकाल्दै चेन्नईले विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो ।

बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नईले १८ दशमलव ४ बलमा मात्र चार विकेट गुमाएर भेट्टायो ।

चेन्नईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए । चेन्नाईका शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए ।

बैंग्लोरका लागि क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए । अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे ।

चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए ।

महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो । बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानीमा छ ।

त्यस्तै, आइपीएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन् । यो खेल दिउँसो नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ बजे सुरु हुनेछ ।