सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

यस्तो छ ‘डिग्री माइला’को ट्रेलर (भिडिओ)

दैनिक नेपाल २०८० चैत ९ गते २०:३०

काठमाडौं, ९ चैत । नयाँ वर्षको छेको पारेर यही चैत ३० गतेदेखि प्रदर्शन हुने रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

चलचित्रमा अभिनेता दयाहाङ राई तथा अभिनेत्रि आंचल शर्मा मुख्य भूमिकामा हुनुहुन्छ । नाटक जनरामा आधारित चलचित्रमा शहरमा एमए पास गरेर गाउँ फर्किएको पात्रको अहंकार र त्यसले उत्पन्न गरेको परिस्थितिलाई देखाइएको छ ।

शुक्रबार ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रकी अभिनेत्री आँचल शर्माले रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पर्खाइमा बसेको पूरा भएको बताउनुभयो । काम गर्ने इच्छाका कारण आफूलाई फिल्ममा लिन ‘पडकास्ट’ बाटै आग्रह गरेको उल्लेख गर्नुभएको आँचलले टिम वर्कका साथ काम गरेकोले राम्रो चलचित्र बनेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई रामबाबु दाईसँग काम गर्ने यति मन थियो । पडकास्टबाटै मलाई फिल्ममा लिनु भनेको थिएँ । पडकास्टमा सुनेर नै मलाई लिएको त होइन नि ?’

बाँसुरी फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश घिमिरे, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखक लगायतको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई ट्यागलाइन बनाएको फिल्ममा शिवराम श्रेष्ठ र रिले एच. शेनको छायांकन तथा निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया
सम्बन्धित