सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

दिनभरका TOP 15 NEWS : निर्दोष रहेको भन्दै रोए कृष्णबहादुर महरा, विनोद चौधरी श्रीलंका टाप्

दैनिक नेपाल २०८० चैत ८ गते २२:५३

काठमाडौं, ८ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वसभामुख एवम् माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भक्कानिएर रूनुभएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने क्रममा उहाँ भक्कानिनु भएको हो ।

जीवनको उत्तरार्धमा विभिन्न प्रकरणमा पर्नुभएका महरालाई विभिन्न रोग पनि छ । साथै उहाँका छोरा राहुल महरा पनि सुन तस्करी प्रकरणमै थुनामा हुनुहुन्छ ।

केही वर्षअघि मात्रै श्रीमती गुमाउनुभएका महरा एकदमै कमजोर बन्नुभएको अनुसन्धान अधिकृतहरूले बताउनुभएको छ । बुधबारबाट उहाँको बयान चलिरहेको छ ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू-

प्रतिक्रिया
सम्बन्धित