२३ असार २०८३, मंगलबार

ऋतुराज गायकवाड बने चेन्नईको कप्तान

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ प्रतियोगिताको उद्घाटन खेलअघि चेन्नई सुपर किंग्सले आफ्नो कप्तान परिवर्तन गरेको छ ।

भोलि हुने उद्घाटन खेलअघि कप्तान महेन्द्र सिंह धोनीले कप्तानको जिम्मेवारी ऋतुराज गायकवाडलाई दिएका हुन् ।

चेन्नईले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एमएस धोनीले ऋतुराज गायकवाडलाई कप्तानी सुम्पेका छन् ।’

ऋतुराज सन् २०१९ देखि चेन्नई सुपर किंग्सको टोलीमा रहेका छन् । उनले यस अवधिमा आईपीएलमा ५२ खेल खेलेका छन् ।

कप्तानको फोटोसुटमा धोनी देखिएनन्

आईपीएलले आफ्नो सामाजिक सञ्जालमा प्रतियोगिता सुरु हुनुअघि सबै टोलीको कप्तानसहितको ट्रफी तस्वीर पोस्ट गरेको छ ।

तस्वीरहरुमा धोनी देखिएका थिएनन् तर उनको ठाउँमा ऋतुराज उभिएका छन् ।

आईपीएलले पनि एक पोस्ट सेयर गर्दै भनेको छ, ‘ऋतुराज गायकवाड चेन्नई सुपर किंग्सका नयाँ कप्तान हुन् ।’

धोनीको कप्तानीमा चेन्नईले ५ पटक आईपीएलको उपाधि जित्न सफल भएको थियो । धोनीले गत सिजन आफ्नो कप्तानीमा चेन्नईलाई पाँचौं पटक आईपीएलको उपाधि जिताएका थिए । धोनीको नेतृत्वमा चेन्नईले २०१०, २०११, २०१८, २०२१ र २०२३ आइपीएलको उपाधि जितेको थियो ।

अब चेन्नईको कमाण्ड ऋतुराज गायकवाडले सम्माल्ने छन् ।

भोलिबाट सुरु हुने आईपीएलको पहिलो खेलमा साविक विजेता चेन्नई र रोयल च्यालेन्जर्स बेंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।