सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक (भिडिओसहित)

दैनिक नेपाल २०८० चैत ८ गते १५:२०

काठमाडौं, ८ चैत । फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ ।

केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सृजना र मनिष निरौलाको संगीत छ ।

गीतको भिडिओमा केकी र भारती फिचर्ड हुनुहुन्छ । सोसल–थ्रिलर जनरामा निर्माण भएको फिल्ममा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा समेटिएको छ ।

केकी स्वयं शीर्ष भूमिकामा देखिएको बोक्सीको घरमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सविन बास्तोलाको अभिनय छ ।

भारतीको लेखन तथा निर्देशन रहेको फिल्मको निर्मातामा बद्री अधिकारी हुनुहुन्छ । कार्यकारी निर्माता राज घिमिरे हुनुहुन्छ । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।

फिल्म आगामी १४ वैशाखमा रिलिज मिति तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित